जन सरोकार

खाजाघरको नाममा बालिकालाई बन्धक बनाएर बेश्यावृत्ति

खाजा घरनेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोलीले सो काठमाडौँको टोखास्थित एक खाजा घर सञ्चालन गरी कोठासमेत भाडामा लिएर बालिकालाई बेश्यावृत्तिमा लगाउने गरेको फेला पारेको छ ।

पक्राउ

उक्त आपराधिक कार्यक्रम संलग्न रहेको आरोपमा इलाम घर भई काठमाडौँको टोखा बस्ने चिनिमाया लिम्बूलाई पक्राउ गरी शुक्रबार अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको छ ।

अरोपी लिम्बूले आउने ग्राहकसँग रु एक हजार लिने गरेको र प्राप्त रकम आफैले नै राखेर बालिकालाई जबर्जस्ती बेश्यावृत्तिमा लगाउने गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक धमलाले जानकारी दिनुभयो ।

पैैसा लिई वा नलिइ बेश्यावृत्तिमा लगाएमा मानव बेचबिखन गरेको मानिने कानुनी व्यवस्था छ । उक्त विषयमा कसैलाई जानकारी गराए ज्यान मार्ने धम्की दिई बालिकालाई बन्धक बनाएर राखेको अवस्थामा ब्युरोको टोलीले उद्धार गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.