जन सरोकार

झापामा एक वर्षमा पाँच करोडको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा रु पाँच करोड बढीका अवैध सामान बरामद गर्दै तस्करी तथा अवैध उत्खनन नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

भन्सार छलीका सामान बरामद

कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आवमा जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेका रु पाँच करोड नौ लाख नौ हजार ३२१ बराबरका अवैध सामान बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रन्जन अवाका अनुसार बरामद गरिएका सामानमध्ये सबैभन्दा बढी रु एक करोड ४९ लाख ६१ हजार ६५० बराबरका सवारीसाधनका पार्टपुर्जा रहेका छन् ।

त्यसैगरी, रु ६५ लाख १५ हजार ५७ बराबरका लत्ताकपडा, रु ५२ लाख २४ हजार ५०० बराबरका किराना सामान, रु ८९ लाख ८७ हजार ४० बराबरका बिडी, रु १२ लाख ६५ हजार ५०० बराबरका सुर्तीजन्य पदार्थ, रु २१ लाख ५७ हजार ९३० बराबरका विद्युतीय पार्टस्, रु तीन लाख २४ हजार ८० बराबरका कस्मेटिक सामग्री तथा रु एक करोड १४ लाख ७३ हजार ५६४ बराबरका अन्य विभिन्न अवैध सामान बरामद गरी भन्सार कार्यालय बुझाइएको सूचना अधिकारी अवाले बताउनुभयो ।

अवैध सामान ओसारपसारमा संलग्न २९ सवारीसाधन र सात जनालाई नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.