स्वास्थ्य

तापक्रम वृद्धिभएसँगै जानकी आँखा अस्पतालमा बिरामी बढे

तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ ।

हाल दैनिक ४०० देखि ५०० जना बिरामी आउने गरेका छन् । यसअघि दैनिक सरदर ३०० जना सेवाग्राही आउने गरेका थिए ।

अस्पतालका निर्देशक डा. आशीष बोहराका अनुसार उपचारका निम्ति आउनेमा बालबालिका र वृद्धवृद्धा बढी छन् । सिरहा, महोत्तरी र सिन्धुलीलगायत जिल्लाका बिरामी अस्पताल आउने गरेका छन् । भारतको विहार राज्यबाट पनि बिरामी आउने गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.