खेलफूटबल

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो फिफा विश्वकपको उपाधि

साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । सोमबार बिहान सम्पन्न भएको खेलमा अर्जेन्टिनालाई १-० ले पराजित गर्दै स्पेनले उपाधि जितेको हो ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोलरहित बराबरी खेलपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०६ औं मिनेटमा स्पेनका लागि फेरान टोरेसले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र टोरेसले गरेको गोल नै स्पेनलाई उपाधि दिलाउन पर्याप्त रह्यो ।

दोस्रो हाफको अतिरिक्त समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो ।

अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको थियो भने स्पेन १६ वर्षपछि विश्वकपको उपाधि जित्ने दौडमा थियो र उक्त लक्ष्य पनि पूरा गर्यो । सन् २०१० को विश्वकपको उपाधि जितेको स्पेनले १६ वर्षपछि पुनः उपाधि हासिल गरेको हो ।

यता अर्जेन्टिना भने छैटौँपटक फाइनलमा पुगेको थियो । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ को विश्वकपको उपाधि जितेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.