खेलफूटबल

विश्वकप २०२६ : निर्धारित ९० मिनेटसम्मको खेल बराबरीमा सकियो

साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीचको फिफा विश्वकप २०२६ को उपाधि भिडन्तको निर्धारित ९० मिनेटसम्मकोखेल गोलरहित बराबरीमा सकिएको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा जारी खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोलरहित बराबरी खेलका हुन् । विश्वकपको उपाधि भिडन्तमा दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ भने स्पेन पनि १६ वर्षपछि विश्वकपको उपाधि जित्ने दौडमा छ ।

अर्जेन्टिना छैटौँपटक फाइनलमा पुगेको हो । अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ को विश्वकपको उपाधि जितेको हो । सन् २०१० को विश्वकपको उपाधि जितेको स्पेन १६ वर्षपछि पुनः उपाधि हासिल गर्नेे लक्ष्यका साथ प्रतिस्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.