जल/वातावरण

कर अधिकृतको देशैभरि गुर्जोको बिरुवा निःशुल्क वितरण अभियान

आन्तरिक राजश्व कार्यालय लहान–सिराहाका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले धेरै किसिमका रोगहरुको औषधि मानिने गुर्जोको बिरुवा देशैभरि निःशुल्क वितरण गर्दै आउनुभएको छ ।

गुर्जो/गुरगुज.गिलोय/गुडुची/अमृता नियमित सेवन गर्दा निरोगी हुने बताउँदै आफूले अहिलेसम्म देश तथा विदेशमा गरेर २२ हजारभन्दा बढी गुर्जोको बिरुवा÷बेर्ना निःशुल्क वितरण गरेको जानकारी दिनुभयो ।

अधिकृत राजलवटले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी आगामी दिनमा गुर्जोलाई आफूले ७७ वटै जिल्लामा निःशुल्क वितरण गर्ने बताउनुभयो । गुर्जोको फाइदा धेरै भएकाले नेपालमा प्रत्येक घरघरमा त्यसको बिरुवा राख्नुपर्ने उहाँको भनाइ छ ।

गुर्जोको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया रहेको बताउँदै त्यसका मुख्य तीन गुणहरु रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारीरिक शक्ति बढाउने र शरीरका विकारहरु बाहिर निकाली स्वस्थ बनाउने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गुर्जोको यही विशेषताले गर्दा अहिलेको विश्वव्यापी महामारीको रूपमा देखापरेको कोरोना भाइरस, जस्तोसुकै रुघाखोकी, पुरानोभन्दा पुरानो ज्वरो पनि निको पार्दछ ।”

गुर्जोको गुणहरु त्रिदोष नाशक (वात, पित्त, कफ), एन्टी–ब्याक्टेरियल, एन्टी–भाइरल, एन्टी–एलर्जिक, एन्टी–अक्सिडेन्टल, एन्टी–इन्फ्लामेटरी कुलिङ, एन्टी–ट्युमर र एन्टी–एसिडलगायतका धेरै रहेका उहाँले बताउनुभयो ।

उहाँका अनुसार गुर्जोको फाइदा तथा उपयोगितामा ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, युरिक एसिड, कलेजो, मुटु, मिर्गौला, डिप्रेसन, एन्जाइटी, नशासम्बन्धी समस्या तथा मानसिक समस्याका लागि पनि उपयोगी हुनेछ । त्यसैगरी पाचनतन्त्र बलियो बनाउने, रगतमा प्लेटलेट्स बढाउने, जोर्नी दुःखाई कम गर्ने, सुनिन्ने, बाथ रोगमा पनि यो फलदायी हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.