डुबेर चार जनाको मृत्यु
देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ । दोलखा, बिगु गाउँपालिका-८ आलेगाउँ बस्ने कुमार थामीको छोरा २० महिनाको भिमराज थामीको आफ्नै घरको आँगनमा रहेको बाल्टिनको पानीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।
त्यस्तै महोत्तरी, लोहारपट्टी नगरपालिका-७ बस्ने उदय मण्डलकी छोरी १० वर्षीया सलोनी कुमारी मण्डलको सोही ठाउँस्थित बरका पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
यस्तै मोरङ, सुनवर्षी नगरपालिका-७ सुकुम्बासी टोल बस्ने श्रीकुमार रिषिदेवको छोरा ९ वर्षीय अमन रिषिदेवको सोही नगरपालिका-६ स्थित मरिया खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
उता दाङ, राप्ती गाउँपालिका-४ मजनिगढ डेरा गरी बस्ने कपिलबस्तु शिवराज नगरपालिका-१ महाराजगंज घर भएका इसरायल मुसलमानको छोरा ८ वर्षीय अन्स मुसलमानको सोही गाउँपालिका-४ स्थित दोलही खोलामा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्वास्थ्य चौकी सिसहनिया हुँदै लमही अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





प्रतिक्रिया राख्नुहोस्