विश्व समाचार

युरोपमा दैनिक २० हजार कोरोना संक्रमित थपिंदै : डब्लूएचओद्वारा चिन्ता व्यक्त

चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणबाट आक्रान्त युरोपका कतिपय मुलुकहरुमा लकडाउन हटेर जनजीवन सामान्य बनाउने निर्णय गरेसंगै त्यहाँ सङ्क्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले चिन्ता व्यक्त गरेको छ । गत मे २० देखि युरोपभरि दैनिक औसत २० हजार जना सङ्क्रमित थपिने गरेको डब्लूएचओले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन

डब्लूएचओको युरोप शाखाले शुक्रबार चासो देखाउँदै सङ्क्रमण बढेका मुलुकमा निषेधात्मक व्यवस्थाहरूलाई अवलम्बन गर्नुपर्नेमा पनि जोड दिएको छ ।

गत बिहीबारसम्ममा युरोपमा ३० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसैगरी मृतकको सङ्ख्या पनि बढीरहेको उनीहरूको भनाइ छ । युरोपेली राष्ट्रहरू फ्रान्स, जर्मनी, बेलायत, स्पेन र इटली केही समय पहिलेसम्म अत्यधिक प्रभावित मुलुक रहेको भए पनि ती मुलुकहरूमा पछिल्लो समयमा सङ्क्रमण घट्दो क्रममा रहेको देखिन्छ । यद्यपि महामारी नियन्त्रणमा नै आइसकेको भने होइन ।

पूर्व सोभियत सङ्घबाट छुट्टिएर स्वतन्त्र बनेको किर्गिजस्तान कोरोनाको महामारीबाट सबैभन्दा बढी ग्रसित भएको छ । त्यसैगरी मोन्टेनेग्रो, लक्जेम्बर्ग, बोस्निया हर्ज गोभिना, सर्बिया, रोमानिया र बुल्गेरिया पनि धेरै प्रभावित देशमा पर्दछन् ।

डब्लूएचओका एक जना प्रवक्ताले भन्नुभयो, “पछिल्लो समय कतिपय देशहरूमा सङ्क्रमितहरूको सङ्ख्या झन झन बढेको छ, भौतिक दूरी कायम गर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता अपनाउनु पर्ने आवश्यकता देखिएको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.