राजनीति

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुककै जेठो विद्यालय मानिएको महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकूल)का वटुकको स्वास्थ्योपचारका लागि रु पाँच लाखको अक्षयकोष घोषणा गर्नुभएको छ ।

शुक्रबार मटिहानीमा गुरुकूल अवलोकन गर्नुभएका प्रधानमन्त्रीले यस्तो घोषणा गर्नुभएको हो । गुरुकूलले प्राचीन भाषा र संस्कृतिको जगेर्नामा योगदान दिनुपर्ने प्रधानमन्त्रीले बताउनुभयो । वटुकहरूको स्वास्थ्योपचारका लागि अक्षयकोष खडा गर्न सल्लाह दिँदै प्रधानमन्त्रीले रु पाँच लाख सहयोगको घोषणा गर्नुभएको प्रधानाध्यापक ईश्वरी पौडेलले बताउनुभयो ।

यो गुरुकूल विसं १७७५ मा स्थापना भएको मानिएको छ । यस गुरुकूलमा बालगुरु षडाननले पनि शिक्षा लिनुभएको अभिलेखबाट देखिन्छ । पहिले ब्राह्मणहरूका लागि मात्र पठनपाठन गरिने यस विद्यालयमा अब सबै जातजातिका विद्यार्थी पढ्न पाउँछन् ।

प्रधानमन्त्री ओली गुरुकूल पुग्नुहुँदा प्रधानाध्यापक ईश्वरी पौडेलसहित वटुकले स्वागत गरेका थिए । वटुकहरूले रुद्राभिषेक पाठ गर्दै प्रधानमन्त्रीको स्वस्तिवाचन गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.