राजनीति
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डिपी) अर्यालले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले बिहान राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।
उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले संसदीय अभ्यासलाई थप बलियो बनाउन र लोकतान्त्रिक मूल्य मान्यताको संवर्द्धनमा संसद्को भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभएको हो ।




प्रतिक्रिया राख्नुहोस्