जापानमा सुनामी चेतावनीहरू हटाइए
बुधबार रूसकाे सुदूर पूर्वमा गएकाे शक्तिशाली भूकम्पपछि जापानको मौसम विज्ञान एजेन्सीले प्रशान्त तटको ठूलो भागका लागि जारी गरेकाे सुनामीकाे चेतावनी हटाएको छ ।
जापानी समय अनुसार बिहान ८:२५ बजे रूसी सुदूर पूर्वमा ८.७ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यसको केन्द्रबिन्दु २०.७ किलोमिटर गहिराइमा थियो।
लगभग एक घण्टापछि जापान मौसम विज्ञान एजेन्सीले उत्तरी होक्काइडोदेखि पश्चिमी वाकायामा प्रान्तसम्म प्रशान्त तटका क्षेत्रहरूका लागि सुनामी चेतावनी जारी गरेको थियो ।
बिहान १०:३० बजे पूर्वी होक्काइडोमा पहिलो सुनामी रेकर्ड गरिएको थियो । बुधबार राति ८:४५ बजेसम्म, सबै चेतावनीहरूलाई परिमार्जनमा स्तरोन्नति गरिएको थियो ।
दिउँसो २ बजेभन्दा ठीक अगाडि इवाते प्रान्तको कुजीमा लगभग १.३ मिटरको उच्चतम छालहरू रेकर्ड गरिएको थियो । चेतावनीपछि धेरै मानिसहरूलाई सुरक्षित स्थानमा सारिएका थियाे । जापान सरकारले देशभरका २० लाखभन्दा बढी मानिसहरूलाई एकै पटकमा सुरक्षित स्थानमा जान निर्देशन दिइएको बताएको छ ।
यसीच मी प्रिफेक्चर प्रहरीले ५८ वर्षीया महिलाको कार भीरबाट खस्दा मृत्यु भएको बताएको छ । उक्त क्षेत्रका लागि सुनामीको चेतावनी जारी गरिएको थियो । अधिकारीहरूले उनी सुरक्षित क्षेत्रमा पुग्ने प्रयास गरिरहेकी बेला दुर्घटना परेको बताएका छन् ।




प्रतिक्रिया राख्नुहोस्