जल/वातावरण

चाडपर्व, जात्रा मनाउन पालना गर्नुपर्छ मापदण्ड (जारी मापदण्ड सहित)

नेपालमा चाडपर्व, जात्रा, मेलाहरुको याम सुरु भएको छ र कोरोना संक्रमण पनि बढिरहेका कारण सरकारले चाडपर्व मनाउन मापदण्ड तयार गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी दिनहरुमा प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरुको समय आउँदै गरेकोले कोभिड –१९ को संक्रमणको जोखिम कम गर्न सुरक्षित रुपमा पर्व कसरी मनाउने भन्ने विषयमा मापदण्ड तयार पारेको बताएको छ ।

तयार मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने उल्लेख छ । सम्भव भएसम्म एकाघरका परिवारका सदस्ययहरुमात्रै बसी चाडबाड तथा पर्वहरु मनाउन भनिएको छ ।

धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने तथा सतहहरु (रेलिङ, बार आदि) देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने समाग्रीहरु छुनुहुँदैन ।

जनस्वास्थ्य मापदण्डको पूरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.