राजनीति

नेपाली आफ्नो समस्या आफैं समाधान गर्नसक्छन् (भिडियो सहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालीले आफ्नो विवाद आफैले समाधान गर्न सक्छन् भन्ने युनिक सन्देश दिई विश्वलाई अनुकरणीय उदाहरण दिएको बताउनुभएको छ ।

बुधबार संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका सम्बन्धमा गठित राजनीतिक कार्यदलले तीन प्रमुख दलका शीर्ष नेतासमक्ष प्रतिवेदन हस्तान्तरण समारोहमा सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

सोही समारोहमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवेदनलाई संसद्को वैधानिक प्रक्रियाबाट टुङ्गो लगाई नेपालीमाझ शान्ति, स्थायित्व र विकासको सन्देश जाओस् भन्ने आग्रह गर्नुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई प्रतिवेदन हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.