जल/वातावरण

त्रिवि शिक्षण अस्प्तालका थप चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

बुधबार आकस्मिक कक्षमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको त्रिवि शिक्षण अस्पतालमा थप ४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै शिक्षण अस्पतालमा २२ जनालाई कोरोना पुष्टि भएको छ ।

टिचिंग अस्पताल

अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक सन्तकुमार दासले दिएको जानकारी अनुसार गत बुधबार इमर्जेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरूको सम्पर्कमा आएका लगभग १ सय स्वास्थ्यकर्मीको स्वाब संकलनका लागि पठाइएको र तीमध्ये थप ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

उहाँका अनुसार परीक्षणको रिपोर्ट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या बढ्न सक्ने बताउँदै संक्रमितलाई अस्पतालमा राखिएको र रिपोर्ट नआएकाहरू घरैमा बसिरहेका छन् ।

डा. दासले स्वाब परीक्षण गरिएका सबैलाई कोरोना देखिएको अवस्थामा अस्पतालले नै उपचारको व्यवस्था मिलाउने बताउँदै हाल अस्पतालको इमर्जेन्सी वार्ड सिल गरिएको र सरसफाइको काम चलिरहेको संयोजक दासले जानकारी दिनुभएको छ ।

सम्बन्धित खबर

Back to top button