जन सरोकार

लिदी पहिरो : पाँचजनाको शव फेला, ३३ बेपत्ता, ३५ घर ध्वस्त

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ भने अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् ।

काठमाडौंमा गएको नेपाली सेनाको उद्धार टोलीले पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । घाइतेको उद्धार जारी छ ।

पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिनुभयो । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।

पहिरामा परेकाको उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको थियो ।

उद्धारका लागि नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङ, नेकपा नेता सरल सहयात्री, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङसहितको टोली हेलिकप्टर लिएर जुगलको लिदी पुगेको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

फेरि झर्यो पहिरो
लिदीमा बिहान ६ बजे गएको पहिरामा परी घाइते भएका तथा मृतकको सनाखत हुन नपाउँदै फेरि बिहान १० बजे सुख्खा पहिरो झरेको छ । उद्धार गर्दैगर्दै फेरि पहिरो झरेका कारण थप केही मानवीय क्षति हुनाका साथै केही घर पुरिएको गुगल गाउँपालिका– ५ का वडाध्यक्ष सनतकुमार अधिकारीले जानकारी दिनुभयो । “घाइतेको उद्धार गर्दागर्दै फेरि पहिरो गयो, थप केही मानवीय क्षति हुनुका साथै घर पुरेको छ”, उहाँले भन्नुभयो । थप गएको पहिरामा कति क्षति भयो भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.