जन सरोकार

अविरल वर्षाका कारण बर्दियाका दुई सय बढी घर डुबानमा

बर्दियामा आइतबार बिहानैदेखि परेको अविरल वर्षाका कारण यहाँको बाँसगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका विभिन्न स्थानका घरहरु डुबानमा परेको छ । यहाँका दुई सयभन्दा बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर डुबानमा

बारबर्दिया नगरपालिका–८ को औरी, भगतपुर र दुधवा गाउँको ४३ घर, बाँसगढी नगरपालिका आठ, रेशमपुरमा ६० र वडा नम्बर ९ कुइनेठीको एक सय २० घरसहित जिल्लामा दुई सयभन्दा बढी घर डुबान भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार डुबानबाट प्रभावितलाई स्थानीय विद्यालय भवनमा राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.