दोस्रो विश्वयुद्धको स्मरण गर्दै सम्राट नारुहितो- "युद्धको विध्वंश कहिल्यै नदोहोर्याऔं"
जापानी सम्राट नारुहितोले युद्धले जहिल्यै विनाश मात्र गर्ने भएकाले यस्तो विध्वंश अब कहिल्यै नदोहोरिने आशा गर्नुभएको छ । सम्राटले शनिबार टोकियोमाा आयोजित दोस्रो विश्वयुद्धको ७५ औं स्मृति समारोहमा सो कुरा बताउनुभएको हो ।
साम्राज्ञी मासाकोका साथ उपस्थित सम्राटले उहाँले युद्धपछिको लामो समयसम्मको शान्तिको स्थिति र आफू्रहरुको विगतको ठूलो शोकको भावनालाई ध्यानमा राख्दै आफूले अब कहिल्यै युद्ध नहुने आशा गरेको बताउनुभएको छ ।
समारोहमा प्रधानमन्त्री शिन्जो आबेले जापानलाई विश्वको उत्कृष्ट देश बनाउने प्रतिबद्धताा जनाउँदै शान्तिका लागि सक्रिय रुपले योगदान गर्ने प्रयासका कारण अन्तर्राष्ट्रिय समुदायसंग मिलेर काम गर्ने र विश्वमा उत्पन्न समस्याहरुको समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
जापान सरकारद्वारा आयोजित समारोहको सुरुमा युद्धमा मारिएका जनताप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रत्येक वर्ष १५ अगस्टमा आयोजना हुने यस कार्यक्रममा यसपटक कोरोना भाइरस संक्रमणका कारण ५ सय ५० जना मात्र सहभागि थिए ।
समारोहमा दोस्रो विश्वयुद्धमा मारिएका लगभग ३१ लाख नागरिकको स्मरण गरिएको थियो । यसै महिनामा अमेरिकाले हिरोसिमा र नागासाकिमा आणविक बम हमला गरिएको थियो
प्रतिक्रिया राख्नुहोस्