जन सरोकार

हेल्प नेपाललाई राजी राणाबाट एक करोड प्रदान

नेपालको दुर्गम बस्तीहरुमा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दैआएको सामाजिक संस्था हेल्प नेपाल नेटवर्कलाई एक करोड रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

नेटवर्कका संस्थापक रविन्द्र मिश्रको समन्वयमा “प्रभु शम्शेर राणा तथा राजी राणा निजी परोपकारी गुठी”को तर्फबाट राजी राणाले रु १ करोड प्रदान गर्नु भएको हो ।

हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा संचालित बालगृह सहयोगको लागि सो रकम प्राप्त भएको संस्थाका अध्यक्ष अरुणसिं बस्नेतले जानकारी दिनुभएको छ ।

अध्यक्ष बस्नेतले सहयोगका लागि हेल्प नेपाल नेटवर्क परिवार गुठी तथा तथा राजी राणाप्रित हार्दिक आभार प्रकट गर्नुभएको छ ।

यसै गरी उहाँले यस पुनित कार्यलाई कार्यान्वयनको तहसम्म पुर्‍याउन अहम भूमिका निर्वाह गर्नहुने हेल्प नेपाल नेटवर्कका संस्थापक श्री रविन्द्र मिश्रप्रति आभार व्यक्त गर्नुभएको छ ।

गुठीका तर्फबाट हेल्प नेपाललाई प्रदान गरिएको सो रकम राजी राणाले नेटवर्कका संस्थापक मिश्रलाई हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.