नेपाल सरकारले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगिताको उपविजेता नेपाली खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालका तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही रु तीन लाख, मुख्य प्रशिक्षकलाई रु दुई लाख, व्यवस्थापकलाई रु एक लाख तथा सहायक प्रशिक्षक र फिजियोलाई जनही रु एक लाख २० हजारका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो ।
यसअघि नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले सम्मान गरेको थियो । त्यस अवसरमा महानगरले खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र फिजियोलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरेको थियो ।





प्रतिक्रिया राख्नुहोस्