बिचार

एमाले प्रतिवेदनले हल्लाएको ‘वलीइजम’

अब यसो गरम वली बा’ । पौडेल, पोखरेल खेमाको प्रतिवेदन लेखाइले हजुरको चित्तमात्रै दुखाएन कि हजुरको राजनीतिक जग नै हल्लाई दियो । जसले गर्दा तपाईं आजकाल बेतुकसित बर्बराउँदै हिँडन थाल्नु भा हो रे भन्ने सुन्दैछ ।

त्यसैले अब त्यो प्रतिवेदनलाई अमान्य घोषणा गर्दै लिङ्ग नै परिवर्तन गरी प्रतिवेदन लेखाउने तयारी गरम् । एमालेभित्रको तपाईंको एकछत्र राज तपाईंको गुण्डुबाटै कायम गराउने हो भने स्याङ्जाकि किचकन्याको नेतृत्वमा गुण्डुको भष्माशुर भोगटे (महेश बस्नेत) र तपाईंको आजीवन दास र झोले विष्णु रिमाल अनि तपाईंको अध्यक्ष पद र प्रधानमन्त्री पदको आडमा विधिबंश गर्दै हिँडने सूर्य थापा र राजन भट्टराई नामका जिनिसहरुलाई राखेर तपाईंको स्तुतिगान लेख्ने कमिटी बनाम् ।

त्यो कमिटीबाट तपाईंको झापा दौडाहादेखि प्रधानमन्त्री हुँदै रेल, पानी जहाज र ग्याँस पाईपसम्मले बेरेर पाटी अध्यक्षको पुतलालाई मज्जाले सिंगारपटार गरेर अँझै २० वर्ष एमालेभित्र तपाईंकै पुत्लालाई पूजा गरेर नेपालाँ जन्मेको वलीइजम माक्र्सइजम भन्दा नि तगडा छ भनेर प्रमाणित गरेर देखाइदिम् ।

त्यसपछि तपाईंको २० वर्षे राजगर्ने चाहना कसले भत्काउँछ हेरम् त ! कमिनिष्ट नेतृत्व भनेको कति निरंकुश, निर्दयी र तानाशाही हुन्छ भनेर देखाउनु पर्यो नि ! तपाई पनि यस्तो पारा देखाएर कार्यकर्तालाई सँधैभरि कुर्कुच्चा मुनि च्यापेर हिँडनु पर्ने ठाँ बेतुकका उखानटुक्का मात्रै भनेर हिँड्नु भो अनि पौडेल र पोख्रेलले टाउकाँ टेके कि नाई अब त पत्ता पाउनु भो नि !

पौडेललाई धोईपखाली गरेर अर्थमन्त्री बनाको बनाई गरेर उनलाई जसरी टाउकाँ चढाउनु भो त्यसकै परिणाम हो तपाईंमाथि आको ऐलेको संकट । अब छँदाखाँदाको एकलौटी रुपाँ जित्या अध्यक्ष चुनाब र कार्यकर्ताको मतको कदर कसरी गर्न सकिन्छ पाटीभित्र त्यै कदम चाल्नोस् हैन भने काँग्रेसा देउबा लाई कसरी नङ्गा र बेसहारा बनाए अब त्यै सिखो गर्छन तपाईंका यी दुश्मनहरुले नि ।

मान्छे तपाईं नि कम्ता त हैन ! सत्ताको जग नहल्लिने बेलासम्म नाना नौखण्ड गर्दै हिँडनु भो । जब जेनजी आन्दोलनले तपाईंका घरका खामाखुट्टा हल्लाथे त्यै बेला घरलाई लिपपोत, स्याहारसम्भार गरेर तपाईंका घराँ कसैलाई छिर्न नदेर चुपचाप बस्या भा ऐले तपाईंका विरुद्ध यति सारो स्वरै सुनिनेथेन । तर क्यार्नु त्यो बेला भोगटेलाई धुरीयाँ चढिचढि सत्तोसराप गर्न लाउनु भो ।

अनि ऐले आएर पाटी सत्ता गुम्न लाएछि रुवाबासी गरेर के गर्नु ! संसारका कत्राकत्रा तानाशाह अरुका कारणले हैन कि आफ्नै चरम ज्यादतीका कारण बिलाएर गए भन्ने कुरा जान्दाजान्दै र बुझ्दा बुझ्दै पनि तपाईंले पछिल्लो समय, महेश बस्नेत, पदमा अर्याल र सूर्य थापालाई आफ्नो समर्थन र अन्धोभक्ति गर्न मैदानमा यसरी खुला छोड्दिनुभो कि अन्तत तिनरकै अनुहार र बोलीवचन अनि तिनले तपाईंका पक्षमा लास र दास दुबै भएर तेर्सिएको देखेकै कारण मान्छेहरु नेतृत्व विरुद्ध खनिन थाले ।

सम्भवतः अब बाले अध्यक्ष पद बचाउन जीवनको सबैभन्दा ठूलो दाउ लाउन सक्नु भयो भने उहाँको अध्यक्ष पद बच्ला हैन भने त्यो आफ्ना हातबाट बिस्तारै फुत्किसक्यो चुडेर झर्नमात्र बाँकी छ । त्यसलाई अड्याई दिने सामर्थ्य सायद विद्यामा हुन सक्थ्यो तर के गर्नु हिजो तिनै विद्यालाई पाटीको आँगनमा टेक्न दिइएन ।

सायद त्यसैको फल पनि हुनसक्छ अब नेपालको कमिनिष्ट सूचीबाट खड्कप्रसाद वली मेटिँदैछन र वली युगको अन्त्य हुँदैछ । बिचरा एमाले कार्यकर्ताहरुले पिठ्युँ पछाडि टाँस्ने गरेको “म झोले” भन्ने वाक्य पनि वलीसितै सतिजान्छ कि नयाँ नौलाहरुसित रहन्छ त्यो भने पछि नै थाहा होला । अस्तु !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.