अर्थ

बैंक नजान बैंकर्स संघको अनुरोध, भन्छ- डिजिटल माध्यम अपनाउनुस्

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अत्यधिक भीडभाड हुने बैंकहरुमा ग्राहकलाई सकेसम्म नजान र डिजिटल माध्यमबाट कारोबार गर्न बैंकर्सहरुले अनुरोध गरेका छन् । मुलकका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिृकतहरुको संगठन नेपाल बैंकर्स संघले डिजिटल कारोबारलाई प्राथमिकतामा राख्न सर्वसाधारणलाई अनुरोध गरेको हो ।

संघले कोरोना भाइरसको जोखिम थप बढेको भन्दै सोमबार सार्वजनिक अपिल गर्दै बैंकिङ कारोबारका लागि डिटिजल माध्यम अपनाउन अनुरोध गरेको हो ।

डिजिटल बैंकिङ्ग (मोबाइल/इन्टरनेट बैंकिङ्ग) को माध्यमवाट प्रायःजसो सबै प्रकारका दैनिक कारोवार गर्न सकिने हुनाले डिजिटल बैंकिङ्गसेवाको अझ बढी प्रयोग गर्नुपर्ने संघले बताएको छ ।

एउटा खातावाट अर्को कुनै खातामा रकम जम्मा गर्न, विभिन्न बिलहरु भुक्तानी गर्न, आफ्नो खाताको कारोबार विवरण हेर्न, खातामा रहेको रकम हेर्न, आदि कामहरु सहज रुपमा डिजिटल बैंकिङ्गवाट गर्न सकिने हुनाले घरमै बसी सहज रुपमा बैंकिङ्ग कारोबार गर्न पनि संघले अनुरोध गरेको छ ।

डिजिटल बैंकिङ्ग प्रयोग गर्न कुनै पनि प्राबिधिक समस्या भएमा, पासवर्ड विर्सिएमा वा अन्य कुनै अफ्ठ्यारो परेको खण्डमा सम्बन्धित बैंकको शखामा फोन मार्फत् सम्पर्क गर्न संघले भनेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.