जन सरोकारस्वास्थ्य

अहिलेसम्म ८५ लाखलाई खोप, दुबै मात्रा लगाउने ३७ लाख

नेपालमा कोरोना बिरुद्धको खोप लगाउनेको संख्या अहिलेसम्म ८५ लाख नाघेको छ । त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएका छन् । दुवै डोज खोप लगाउने जनसंख्या कुल जनसंख्याको १३ प्रतिशत पुगेको पुगेको छ ।

पछिल्लो एक महिनामा मात्र करिब ४८ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत नागरिकलाई र चैतसम्म सबैलाई खोप लगाउने घोषणा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार साउन १ देखि भदौ ३ गते बिहीबारसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

त्यसअघि करिब ३६ लाखले खोप लगाएका थिए । भदौ ३ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.