एन आर एन न्युज

एनआरएनए आईसिसि युवा उपाध्यक्षमा हिमाल गुरुङकाे उम्मेदवारी घाेषणा

नेदरल्याण्डका युवा ब्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी घाेषणा गरेका छन् । दुई दशकदेखि नेदरल्याण्डमा बिभिन्न ब्यवसाय सञ्चालन गर्दै आएका गुरुङले एनआरएनए आईसिसिको युवा समितिमा बर्ष २०२१-२३ का लागि उपाध्यक्षमा उम्मेदवारी घाेषणा गरेका हुन् ।

सन २०११ देखि एनआरएनएकाे बिभिन्न समितीमा रहेर काम गरेकाे अनुभव संगालेका गुरुङले अबकाे एनआरएनएकाे नेतृत्वमा युवा पुस्ता भन्ने नारासहित उपाध्यक्षमा आफ्नाे उम्मेदवारी घोषणा गरेका हुन । लामो समय संघको अभियानमा आवद्ध रहेका गुरुङ नेदरल्याण्ड समितिकाे सदस्य हुदै २०१५-१७ मा अध्यक्ष बनेका थिए ।

त्यस्तै २०१७-१९ मा एनआरएनए आइसिसी सदस्य हुदै उनले वर्तमान कार्यकाल २०१९-२१ मा युवा समितीकाे काेर्डिनेटर जस्ताे महत्वपूर्ण पद सम्हालेका छन् । संघका हरेक समिती, गतिविधी र अभियानहरुलाई कुशलतापूर्वक नेतृत्व गर्दै आएका गुरुङले विश्वभरका युवा एनआरएनए माझ लाेकप्रिय छवि बनाएका छन् ।

कास्की जिल्ला स्थित पाेखरा महानगरपालिका २७ रिठ्ठेपानी घर भएका उनले उम्मेद्वारी घोषणापछि गैरआवासीय नेपालीहरुको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रति आफ्नो जिम्मेवारी र दायित्व बढेको प्रतिकृया दिए ।

हरेक विपदका साथै समस्या परेका बेला देश तथा विदेशमा रहेका नेपालीहरुलाई बिभिन्न रुपमा सहयाेग समेत गर्दै आएका उनले आफूले बाेलेकाे कुरा कुनै हालतमा पूरा गरेर देखाउने बताए । आफ्नाे उम्मेदवारीले विश्वर छरिएर रहेका नेपाली युवाहरुमा उत्साह जगाएकाे भन्दै गुरुङले युवा एकता आजकाे आवस्यकता रहेकाे समेत बताएका छन् ।

सरल र मिझासिलो स्वभावका गुरुङ संघकाे संस्थागत विकासमा परिपक्वता भएका अभियान्ताका रूपमा परिचित छन् । बिश्वभर फैलिएकाे एनआरएनएकाे संस्थागत बिकास र संस्थाको मर्मसंगै भावना अनुरुप एकता आवश्यक रहेको भन्दै उनले आफ्नाे कार्यकालमा युवा एवं दाेस्राे पुस्तालाई नेपालप्रति समिप्यता, जिम्मेवारी र दायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने बताए ।

त्यस्तै उनले नेपालकाे समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्ने र स्वदेशमा लगानीकाे वातावरण सृजना गर्न भुमिका खेल्ने समेत प्रतिवद्धता ब्यक्त गरे । त्यससंगै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्यालाई समाधान गर्न नीतिगत पहलकदमी समेत लिने उनले बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.