जल/वातावरण

उपत्यकामा थपिए २ सय ३२ जना, देशभर ८ सय ५५, कुल संक्रमित ३३ हजार ५ सय ३३

नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३३ हजार ५ सय ५५ पुगेको छ । मंगलबार विगत २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ३३ सहित देशभर ८ सय ५५ थपिएपछि संक्रमित सो संख्यामा पुगेको हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ६ पुरुषसहित ७ जना रहेका छन् । यसरी मृत्यु हुनेमा काठमाडौंका ३ जना रहेका छन् । काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष र ७१ वर्षीया महिला छन् ।

त्यसैगरी सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ र ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार विगत २४ घण्टामा ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसरी थपिएका संक्रमितमा काठमाडौं जिल्लामा १ सय ९९, भक्तपुरमा १४ र ललितपुरमा १९ जना रहेका छन् । यसबीचमा ३ सय १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार १ सय १९ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.