एन आर एन न्युज

आजदेखि एनआरएनको ‘मिलाप’ भेला

गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत गरिने विभिन्न महादेशीय भेलाहरुमध्ये एसिया प्रशान्त क्षेत्रको ९औ क्षेत्रीय भेला थाईल्याण्डको राजधानी बैककमा सुरु भएको छ ।

मिलिनियम हिल्टन होटलमा आज (२६ अगष्टदेखि) शुरु भै २८ अगष्ट २०२२ मा समापन हुने कार्यक्रमको उद्देश्य भाइचारा र सहयोगको भावना अभिवृद्धि गराउने मिलाप रहेको छ ।

यस कार्यक्रममा क्षेत्रीयस्तरका सरोकारका विभिन्न विषयहरुका साथै एनआरएनएले उठान गर्दै आएका महत्वपूर्ण मुद्धाहरुमा समेत बिज्ञहरुबाट प्रस्तुतीका साथै सहभागीहरुबाट ‍राय संकलन गरिने छ ।

भेलामा नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय शेरबहादुर कुँवरको उपस्थिति रहने छ ।

साथै बिशिष्ट अतिथिको रुपमा माननीय सांसद डा सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री माननीय मणी भद्र कंडेल शर्मा, माननीय पुष्पराज तिमिल्सीना (समाबेसी आयोग), माननीय लिली थापा (राष्ट्रिय मानव अधिकार आयोग), माननीय मिर्जा अर्सद बेग (राष्ट्रिय मुस्लिम आयोग)को सहभागिता रहने छ ।

त्यसै गरी महामहिम गणेश प्रसाद ढकाल (थाईल्याण्डका लागी नेपाली राजदुत), श्री राजेन्द्र खेतान (अनररी काउन्सिलर (पोर्चुगल) श्री ओम शर्मा (केन्द्रीय सदस्य तथा बिदेश बिभाग प्रमुख, नेकपा माओबादी केन्द्र) श्री चन्द्र ढकाल (बरिष्ठ उपाध्यक्ष नेपाल उध्योग ब‍ाणिज्य महासंघ) लगायत गैरआवासीय आन्दोलनका संस्थापक अग्रजहरु तथा वर्तमान नेतृत्व बर्गहरुको उल्लेख्य सहभागिता रहने छ ।

एसिया प्रशान्त क्षेत्रका बिभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरु, यूरोप, अमेरीका ओसियाना , अफ्रिका तथा मध्यपूर्बका ३० देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहनेछ ।

समृद्ध राष्ट्रको लागी नेपाली प्रवासीहरुको भूमिका, नागरिकता निरन्तरता, पिएनओका मुद्दा, बिदेशमा बस्ने नेपाली बिज्ञहरुको राष्ट्र निर्माणमा भूमिका, सामाजिक रुपान्तरणको लागी लैगिंक समानता साथै गैरआवासीय नेपाली आन्दोलनले उठान गरिरहेका मुद्दाहरु खासगरी सम्मानजनक बैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा, प्रवासबाट मताधिकार, युवा तथा महिला सवाल तथा पढ्दै कमाउँदै जस्ता महत्वपूर्ण कार्यक्रमहरुबारे छलफल र बिभिन्न एनसीसी हरुका प्रस्तुती रहने कार्यक्रम रहनेछ ।

भाईचार अभिबृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ ‘मिलाप’ को अवधारणा अनुरुप यो भेला आयोजना गरिएको छ। राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बिभिन्न मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम, गजल तथा हांस्यब्यंग बिधामा प्रस्तुती रहने एसिया प्रशान्त क्षेत्र संयोजक डिपि कँडेल र पारशमणी पोख्रेल द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.