राजनीति

धोका भो भन्दै प्रदीप नेपाल नेकपा एकीकृत समाजवादीबाट अलग

राजनीतिकर्मीभन्दा भाषा, साहित्यसेवीका रुपमा बढी चिनिनुभएका पूर्व शिक्षामन्त्री प्रदीप नेपालले माधवकुमार नेपालबाट पनि धोका पाएको भन्दै नेकपा एकीकृत समाजवादीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

नेपालले सोमबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै आफू तानाशाही प्रवृत्तिको बिरोधी भएकाले ओलीसंग जान नसक्ने तर माधव नेपालले पनि झेली कुरा गरेर आफूलाई झुक्याएको खुलासा गर्नुभएको छ ।

उहाँले नयाँ गठन हुने पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जवज) नै हुने प्रतिबद्धता जनाएर आखिरमा धोका दिएको आरोप लगाउनु भएको छ । नेपालले माधव नेपालको साथ छाडे पनि नेपाल एमालेमा पनि नजाने घोषणा गर्नभएको छ ।

यस्तो छ नेपालको घोषणा- “माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ ।तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । विदा ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.