राजनीति

अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाद्वारा राजीनामा

अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । डा. खतिवडाले अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयमा गएर औपचारिक विदाई लिंदै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउनुभएको हो ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएको जानकारी अनुसार डा. खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिनुभएको हो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने बताएपछि मन्त्री खतिवडाले राजीनामा दिनुभएको हो । उहाँको राष्ट्रियसभा सदस्य पद छ महिनाअघि नै समाप्त भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.