हिमाली सभ्यता, संस्कृति र परम्परा झल्काउने ‘इको म्यूजियम’ (भिडियोसहित)
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित पुथाङ विमानस्थल नजिकै पाखोमा ‘मुस्ताङ इको म्यूजियम’ सञ्चालनमा छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयुक्त लागत साझेदारीमा यहाँ सन् १९९७ मा ‘म्यूजियम’ स्थापना गरिएको हो ।
सुरुआती चरणमा जाइकाले एक्याप जोमसोमलाई म्यूजियमको स्वामित्व हस्तान्तरण गरेको थियो । एक्यापले सञ्चालनको जिम्मा पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थाको टोलीलाई जिम्मा दिएको थियो ।
दुई तल भवनमा सञ्चालनमा रहेको यो म्युजियम विसं २०७२ को महाभूकम्पले क्षति तुल्याएको थियो । त्यसपछि सात वर्षसम्म म्यूजियम बन्द भयो । पुनःनिर्माण हुन नसकेपछि एक्यापले विसं २०७६ घरपझोङ गाउँपालिकालाई स्वामित्व हस्तान्तरण गर्यो । गाउँपालिकाले भौतिक संरचनालाई पुनः निर्माण गरेको थियो ।
बाँकी विवरण तलको भिडियोमा




प्रतिक्रिया राख्नुहोस्