राजनीति

भदौ २३ गते संसद बैठक आव्हान

सर्वोच्च अदालतले पुनःस्थापित गरेपछि बिनाकाम चलिरहेको बैठक स्थगन गरिएपछि यसको आलोचना भैरहेका बेला भदौ २३ गतेबाट पुनः बैठक आव्हान भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार सङ्घीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बोलाइएको छ ।

सरकारले गत साउन ३२ गते संसद् अधिवेशन अन्त्य गरेको थियो । केही महत्वपूर्ण विधेयक अगाडि बढाउने लक्ष्यका साथ सङ्घीय संसद्को बैठक आह्वान गर्न सिफारिस गरिएको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.