खेलफूटबल

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेले

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो ।

नेपाल र बङ्गलादेश

खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही अवसर प्राप्त गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् । अब नेपाल र बङ्गदादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २४ गते हुनेछ ।

उक्त खेलमा स्पष्ट नतिजा नआए खेल पेनाल्टी सुटआउटमा जाने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.