कोशीप्रदेश

नेतृत्वमा भएको कमीकमजोरी सच्याउनु आवश्यक छ : मुख्यमन्त्री कार्की

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिबाट अघि बढ्नु सकारात्मक रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री कार्की

एमाले विराटनगर महानगर कमिटीले बिहीबार विराटनगरमा आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डोत्तोलन कार्यक्रममा मुख्यमन्त्री कार्कीले गत भदौ २४ गतेको प्रदर्शन जेनजीको मात्रै नभई विभिन्न स्वार्थ समूहको पनि भएको टिप्पणी गर्नुभयो ।

उहाँले त्यस अवसरमा नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जेनजीको भ्रष्टाचारविरुद्ध मागलाई एमालेले पनि निरन्तर उठाउँदै आएको छ, पार्टी नेतृत्वले कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ ।”

उहाँले एमाले सरकारमा रहँदा जनताको भावना एवं आकाङ्क्षाअनुसार विकासको काम भएको दाबी गर्दै स्वाधीन नेपाललाई परनिर्भर बन्न नदिन सबै सचेत हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.