राजनीति

प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किदै

अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिएर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किदै हुनुहुन्छ । उहाँ शनिबार दिउँसो ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत दीपकराज निरौलाका अनुसार आज ३ः४५ बजे प्रधानमन्त्रीको विमानस्थलको विशिष्ट कक्षमा मिडियाकर्मीसँग प्रेस व्रिफिङको कार्यक्रम राखिएको छ ।

प्रेस व्रिफिङ परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले गर्नुहुने उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर असोज ६ गते न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.