जन सरोकार

पहिरोले घर पुरिँदा एकको मृत्यु

बिहीबारदेखि परेको अविरल वर्षाका कारण बागलुङको ताराखोलामा एक जनाको पहिरोमा परी मृत्यु भएको छ ।

मृत अवस्थामा ४ जना फेला

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका-५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।

घरमा आशिंक क्षति पुगेको जनाउँदै रोका सुत्नेकोठामा रहेकाले पहिरोले पुरेको प्रहरी उपरीक्षक प्रसाईंले बताउनुभयो । अहिले स्थानीयको सहायतामा पहिरोबाट शव निकाल्ने काम भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.