प्रबास

प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

अमेरिकामा रहेका प्रवासी नेपालीले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितको सहयोगार्थ दुई लाख २६ हजार अमेरिकी डलर प्रदान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाललाई आज उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

तीनवटा प्रवासी संस्थाले प्रदान गरेका उक्त रकममध्ये एन एच नेपाली समाजबाट एक लाख २० हजार, अमेरिका नेपाल हेल्पिङ सोसाइटीबाट ९३ हजार र गुरुङ सोसाइटीबाट १३ हजार अमेरिकी डलर प्राप्त भएको हो ।

मन्त्री खनालले मातृभूमिमा परेको विपत्तिका बेला सहयोग गरेकामा तीन वटै संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.