जन सरोकार

गोकर्णेश्वरको स्वास्थ्य शाखाहरुबाट रेबिज बिरुद्धको खोप

गोकर्णेश्वर नगरपालिकामा रेबिज रोगबिरुद्धको खोप दिने कार्यको शुभारम्भ भएको छ । कुकुर तथा जंगली पशुको टोकाइबाट मानिसमा सर्ने रेबिज बिरुद्धको खोप नगरपालिकाका स्वास्थ्य शाखाहरुबाट दिने ब्यवस्था गरिएको हो ।

रेबिज बिरुद्धको खोप टेकु अस्पतालबाट निशुल्क तथा शुल्क तिरेर निजी अस्पताल र स्वास्थ्य संस्थामा लगाउने पाइने गरेकोमा अब गोकर्णेश्वर नगरपालिकाबाटै दिन थालिएपछि यस क्षेत्रका बासिन्दा निकै लाभान्वित हुने विश्वास लिइएको छ ।

तत्कालका लागि बालुवा स्वास्थ्य चौकी सुन्ताखान, गोकर्ण प्राथमिक अस्पताल, गोकर्ण र शहरी स्वास्थ्य केन्द्र जोरपाटीमा रेबिज बिरुद्धको खोप लगाइनेछ ।

रेबिजबिरुद्धको खोप शुभारम्भका लागि आज गोकर्णेश्वर नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी टेकु अस्पतालबाट आएका स्वास्थ्यकर्मीहरुले गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई रेविज बिरुद्धको खोप (भ्याक्सिन) हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख चालिसेले रेबिजबिरुद्धको खोप निःशुल्क लगाउन टोकु अस्पताल पुग्नुपर्ने र निजी अस्पतालहरुमा महंगो शुल्क पर्ने भएकाले आफ्नो नगरपालिकाभित्र बढीभन्दा बढी स्थानमा खोपको प्रबन्ध गर्ने योजना रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.