राजनीति

पूर्वप्रधानन्यायाधीश राणालाई पक्राउ गरिएको होइन, सुरक्षा दिइएको हो : मन्त्री पोखरेल

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले पक्राउ गरेको विषयमा सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला सरकारले उहाँलाई पक्राउ वा नियन्त्रणमा नलिइएको स्पष्ट पारेको छ। सरकारले राणामाथि सुरक्षा खतरा देखिएपछि उहाँलाई सुरक्षित स्थानमा सारिएको जनाएको हो।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राणालाई सुरक्षा प्रयोजनका लागि सुरक्षित स्थानमा लगिएको बताउनुभयो।

मन्त्री पोखरेलका अनुसार राणाको मोबाइलमा ‘टेक्स्ट मेसेज’मार्फत सुरक्षा धम्की आएको थियो। उक्त धम्कीपछि सुरक्षा निकायले उहाँको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षित स्थानमा सारेको उहाँले जानकारी दिनुभयो।

“उहाँलाई पक्राउ गरिएको होइन, नियन्त्रणमा लिइएको पनि होइन। उहाँको परिवारबाट थप सुरक्षा माग गर्दै निवेदनसमेत परेकाले सुरक्षाका लागि उद्धार गरेर सुरक्षित स्थानमा लगिएको हो,” मन्त्री पोखरेलले भन्नुभयो।

उहाँका अनुसार राणालाई आएको धम्की ‘जेनजी’ समूहबाट नभई कुनै अपरिचित समूहबाट आएको थियो। सोही सुरक्षा सूचनाका आधारमा राणालाई सुरक्षित स्थानमा सारिएको सरकारको भनाइ छ।

सरकारले यस घटनालाई पक्राउ वा हिरासतको विषय नभई सुरक्षा संवेदनशीलताका कारण गरिएको सुरक्षा व्यवस्थापनका रूपमा व्याख्या गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.