जन सरोकार

अझै निकाल्न सकिएन राइनो क्रुज

नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको राइनो क्रुज अझै निकाल्न सकिएको छैन । बाढीले बगाउने क्रममा नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा ठोकिएर अड्किएको क्रुजलाई

क्रेनमार्फत पल्टाइता पनि बाहिर भने अझै निकाल्न नसकिएको राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले जानकारी दिनुभयो ।

केही समयअघि स्थानीय काभ्रेघाटमा तटबन्धन गरी सञ्चालन गरिएको उक्त क्रुज त्यहाँ सहज नभएपछि नवलपरासीको गैँडाकोट लगेर चलाइएको थियो ।

अध्यक्ष ढुङ्गेलका अनुसार, गत असारबाट गैँडाकोटस्थित होटल रिभर क्राउनले उक्त क्रुज खरिद गरी नजिक नदी किनारमा सञ्चालन गरिरहेको थियो । सञ्चालक ढुङ्गेलका अनुसार त्यसका लागि क्रुज ३० जना साझेदारले रु १५ करोड लगानी गरेका थिए ।

त्यसमध्ये क्रुजको मात्र लागत रु १० करोड रहेको छ । उहाँले भन्नुभयो, “बाढीले बगाएपछि अब यसै क्रुज सञ्चालन गर्नसक्ने अबस्था छैन । त्यसमा रु १० करोड बढी नोक्सान भएको छ ।”

उक्त क्रुज सञ्चालन राष्ट्रिय गौरवको आयोजना भएकाले पूर्ववत् अवस्थामा सञ्चालन गर्न सरकारी सहयोग आवश्यकपर्ने सञ्चालकको भनाइ छ । कम्पनीले १५० जना यात्रुलाई देवघाटदेखि गोलाघाटसम्म ४० किलोमिटर जलयात्रा गराउन पाउने गरी पर्यटन विभागबाट अनुमति लिएको थियो । करिब ९५ फिट लामो र २१ फिट चौडा रहेको साढे दुई तलाको क्रुजमा १५० जनाले एकैपटक सेवा लिन सकिने छ ।

क्रुजमा ब्रेकफास्ट, लन्च र डिनर प्याकेज र विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सवजस्ता शुभकार्यका लागि विशेष बुकिङको व्यवस्था थियो । खासगरी चितवनको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उदेश्यले परियोजनाका रुपमा क्रुज सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.