राजनीति

राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ पारित भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राख्नुभएको राष्ट्रियसभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

उक्त प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले डिएनए परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेशस्तरमा विस्तार गर्न विधेयक ल्याउन विधेयक ल्याउनुपरेको बताउनुभयो ।

विधेयकमा तथ्याङ्क अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उहाँले जानकारी दिनुभयो । साथै मन्त्री पुनले विधेयकमा सांसदहरूले यसअघि शब्द–शब्द केलाएर छलफल गर्नुभएको जानकारी गराउनुभयो ।

यसअघि उक्त प्रस्तावमाथिको छलफल सांसदहरू शोभा खनाल, बसुमाया तामाङ, मञ्जु भुसाल, गङ्गालक्ष्मी अवाल, सुशीला ढकाल आचार्य, टेकबहादुर शाक्य, प्रमिला कुलुजू, हरिमोहन भण्डारी, जनकसिंह धामी, पुकार बम, नीता घतानी, एशुदाकुमारी बराल, गुरूप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, साजिदा खातुन सिद्धिकी र लेखजङ्ग थापाले भाग लिँदै आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही असोज १५ गते बिहान ११ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.