बिचार

गुट चिन्ने चुनाव आयो, कांग्रेसमा फेरि गुटै हरायो !

गुठबन्दीबिनाका दलै नजन्मने यो देशाँ कांग्रेसका दुई गुट हुँदासम्म त को कुन गुट र को कुन गुट भन्ने त थाहा हुन्थ्यो कि ! तर, ऐले जब गगनले पार्टी कब्जा हान्दे, त्यसपछि त को कुन गुटको, को कुन गुटको चिन्नै गाह्रो भैगो के ।

पैला देउबा गुट र कोइराला गुट भनेर बुझिरा बेलाँ एक्कासी जेनजीको हावा लागेर गगन गुट जन्मेपछि कोइराला गुट र देउबा गुटका को कता लाए चिन्नै पनि गाह्रो के ! सोध्न भएन, उल्टै झपाराइ खाइएला भन्ने डर ! अनि गुट चिन्ने अवसर भन्या यै चुनाव त हो । चुनावका बेलाँ नि कार्यकर्तालाई भोट हाल्न देर बाहिराट हेर्ने मान्छेले नि सजिलै गुट चिन्न दे पो हुन्थ्यो ! सर्वसम्मतिका नाममा आफू मात्रै ठालु बनेर ‘तँ बस् अनि तँ उठ’ गर्देछि काँट हुँदाे के !

ऐलेको चुनावाँ बिग्रेकै सर्वसम्मति गराउन खोज्दा हो । खासमा ऐले गगनको पार्टीले महाधिवेशन गर्न लागेपछि चुनावका बेलाँ सुर्खेत २ मा चल्या रणसंग्राम हेर्दा यति कुरा भा हुन् र यति लेख्न पर्या हो, नत्र कांग्रेसका बार्या खोजिनिति गरेर हिँड्ने फुर्सद कल्लाई छ के !

असोजको लाग्दै, यानेकि ४ गते नै सक्किनुपर्ने चुनाव सुर्खेतका २ नं क्षेत्रका अरु पालिका र नगराँ त सर्वसम्मतिका नाममा नेताहरूले आफ्ना मान्छेलाई ल्याउन अरुलाई अमिलो निचोरे जसरी निचोरेर ल्याए र हाल्या दरखास्तनि रगतका आँसु प्याएर झिक्न लाए ।

सजिलालाई नाना नौटङ्की गरेर दरखास्त झिक्न लाएनि वीरेन्द्रनगर ३ को प्रतिनिधि विवादका कारण कसैगरी चुनाव गराउन नसकेपछि त्यल्लाई थाँति राखेर महाधिवेशन प्रतिनिधि छान्न २ नम्बरको क्षेत्रीय सदर मुकाम बाबियाचौराँ तँछाडमछाड गर्दै पुगेका नेता तथा कार्यकर्ताको गुटबन्दिले कुनै परिणाम ल्याउन सकेन ।

चुनाव अनिश्चित हुँदै गर्दा गोेडा आठेक दिनपछिको निरन्तरको निस्तो भात खाइसकेपछि बल्लतल्ल अरु सबै प्रतिनिधिको चुनाव महाधिवेशनपछि गरेनि महाधिवेशन प्रतिनिधिको चुनाव गरेर महाधिवेशनाँ ठ्याउसे ठालु बन्न जाने कुराँ सुर्खेत कांग्रेसका तिन्टै टाउके तयार भएनि शुक्रबारसम्म चुनाव हुने निष्कर्षाँ पुग्न सक्याछैन ।

यद्यपि केन्द्रीय प्रतिनिधिले ३ नम्बरवालाहरूसित वार्ता गरेर सहमति कायम गरिसकेछन् भन्ने छ । तर, ३ नं. का प्रतिनिधि अर्थात् नयाँ गुटले भन्याजति महाधिवेशन प्रतिनिधि पाउनुपर्यो, त्यो चुनाव गरेर हैन कि सर्वसम्मतिमा । यिनिहरूको अडानले गर्दा हिजोसम्म मिलाउन खोज्ने २ गुटहरू फेरि चुनावबेगर सहमतिमा पद दिन नसकिने भनेछि ऐले कार्यकर्ताबीच लकधनी जारी छ ।

उता महाधिवेशनाँ जाने दिन आइसक्या, भोलि १७ गतेसम्म चुनाव गरेर प्रतिनिधिको मुठो लगेर गगनलाई नबुझाउँदासम्म गगनको विश्वासिलो बन्न सक्ने अवस्था छैन । दुईदुईटा केन्द्रीय सदस्य, त्यो पनि दुई नम्बर क्षेत्रकै गगन गुटकै । तर जिल्ला चाईं हिजो देउवाको पकडमै थियो, तर ऐले कस्को भा छ चुनाव नगरि थाहा पाउन गाह्रैछ ।

अनि गगनका साथीहरू देउबाको ठाउँबाट सबै प्रतिनिधि आफ्नै ल्याउँछम् भनेर गगनलाई विश्वास दिलाएको अवस्थाँ चुनाव गराएर महाधिवेशन प्रतिनिधि, यानेकि गगनकै भोटर लिएर जान नसक्ने हो भने उनका अगाडि कसरी मुख देखाउने, बिचरा सुर्खेतका केन्द्रीय सदस्यहरूलाई मर्नु होला जस्तो छ ।

आफ्नो पकड बनाउलान् भनेर दुईदुई जना केन्द्रीय सदस्य बनाएर पठाएका गगनका यी केन्द्रीय सदस्यलाई ऐले साँच्चिकै अप्ठ्यारो पर्यो हुनाले छुट्टै गगनको गुटको रूपाँ नेता त जन्माए । तर, त्याँ पनि गगनकै दुई गुटमध्ये एउटा एकातिर र अर्को अर्कोतिर फर्क्याछ भन्ने सुन्नमा आएर पो गाह्रो भो त ।

ऐलेसम्मको परिणाम हेर्दा महाधिवेशन प्रतिनिधिको चुनाव नगरिकन ३ नम्बरका आन्दोलनकारीले मनग्याजति सिट दिन सक्ने स्थिति रह्यो र तिन्टै गुटले बराबर प्रतिनिधि बाँडे भने चुनावी कार्यक्रम सफल भो, हैन भने भएन भन्ने बुझ्नु पर्ने भो । त्यसैले नेताजीहरू के गर्नु हुन्छ त अब ।

“कोई राड्या नखाने, कोई काड्या नखाने” भन्याझैँ कोही चुनाव गर्नै नदिने, कोही चुनावमै जाने भएपछि अब राजनीतिलाई तिन्टै नेताले बाँडि खानु हुन्छ कि चुनावाँ जाम्, जे त होला भन्नु हुन्छ ।

२ नं क्षेत्रको महाधिवेशन प्रतिनिधि चयन तपाईंहरूकै हाताँ रयाे हैन र ? महाधिवेशन प्रतिनिधि भएर जाम्ला र कोही केन्द्रीय सदस्य बनम्ला, कोही अरु केई बनम्ला र विपक्षिहरूका ताई देखाम्ला भनेर ख्वाव पालिरा बेलाँ चुनाव वा छनोट गर्नै नभ्याएर महाधिवेशन प्रतिनिधिबाटै फुत्किनु होलानि, विचार गरेर कदम चाल्नु होला ।

जयनेपाल !

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.