आईसीसी टी २० विश्वकप छनोट खेलका लागि ओमानमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा कुशल भुर्तेलको अद्र्धशतकको मद्दतमा कतारलाई १ सय ७१ रनको लक्ष्य दिएको छ।
सोमबार ओमानको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड १ टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १ सय ७० रन बनाएको हो।
कतारबिरुद्ध सम्मानजनक रन बनाउने क्रममा भुर्तेलले ३३ बलमा तीन छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ५६ रन बनाए भने उपकप्तान दीपेन्द्र सिंह ऐरीले २० बलमा ३८ रन बनाए।
नेपालका लागि ओपनर आसिफ शेख ११, कप्तान रोहित पौडेल ८ रन तथा कुशल मल्ल नटआउट रहे। कतारका लागि शारिक मुनिर र मोहमद असिमले समान २-२ विकेट लिए। यसअघि खेलिएको पहिलो अभ्यास खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित हासिल गरेको थियो।



प्रतिक्रिया राख्नुहोस्