गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आइतबार बिहान लेदो र गेग्रानसहितको ठूलो आकस्मिक बाढी आएपछि प्रभावितको उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि सुरक्षाकर्मी तथा हेलिकोप्टर परिचालन गरिएको छ।
गृहमन्त्री सुधन गुरुङले घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार तथा राहतमा परिचालन गरिएको जानकारी दिनुभएको छ।
सामाजिक सञ्जालमार्फत उहाँले उद्धार कार्यका लागि हेलिकोप्टरसमेत घटनास्थलमा परिचालन भइसकेको जानकारी दिँदै बाढीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ। उहाँले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गर्नुभएको छ।
मन्त्री गुरुङले प्रभावित क्षेत्रका बासिन्दालाई धैर्य राख्दै सुरक्षित रहन अनुरोध गर्नुभएको छ। साथै, आपत्कालीन सहायताका लागि गृह मन्त्रालयको टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ।




प्रतिक्रिया राख्नुहोस्