आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले क्यानडालाई पराजित गरेको छ । आइतबार भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो ।
ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।
नेपालको लागि रोहित पौडेलले १२७ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै १०१ रनको शताकीता पारी खेले भने गुल्शन झाले ३४ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४८ रन बनाए । त्यस्तै बसिर अहमदले ३० रन जोड्दा अर्जुन कुमालले २३ रन बनाए ।
क्यानडाका लागि अखिल कुमारले चार विकेट लिए भने सुख्जिन्दर सिंहले तीन विकेट लिँदा जहिर शिर्जादको भागमा दुई विकेट रह्यो । २ सय ३६ रनको चुनौतीपूर्ण लक्ष्य लिएर मैदान उत्रेको क्यानडा ४८.४ ओभरमा सबै विकेट गुमाएको क्यानडा २ सय ११ रनमा अलाउट भयो ।
क्यानडाका लागि आरोन जोहनसनले ४४ रन बनाए भने समित गोहेलले ३५ रन जोडे । यस्तै श्रेयाश मोभा र कप्तान हम्जा तारिकले समान २६-२६ जोड्दा अखिल कुमार अविजित ३० रन बनाए । नेपालको लागि सन्दीप लामिछाने , करण केसी र ललित नारायण राजवंशी र नन्दन यादवले समान दुई-दुई विकेट लिए।
लिग २ को अन्तिम शृङ्खला खेलिरहेका दुवै टोलीका लागि यो खेल ओडीआई स्टाटस बचाउनेतर्फ मात्र केन्द्रित थियो । दुवै टोलीको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ । लिग २ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ छ भने ३४ खेलमा २५ अंक जोडेको क्यानडा सातौं स्थानमा स्थानमा झरेको छ ।




प्रतिक्रिया राख्नुहोस्