राजनीति

जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने

सरकारले विश्वव्यापी महामारी फैलाइरहेको कोरोना भाइरस संक्रमितको उपचार समेत नगर्ने निर्णय गरेपछि जनता अभिभभावकविहीन भएको आम टिप्पणीकाबीच पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्ने सन्देश दिनुभएको छ ।

बडादशैंको अवसरमा शुभकामना सन्देश दिंदै पूर्व राजाले वर्तमान समयमा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको र नेपाली जनता अभिभावकविहीन ‘टुहुरा बनेको पीडाबोध भइरहेको बताउनुभएको छ ।

सरकारप्रति आक्रामक देखिनुभएका शाहले सन्देशमा भन्नुभएको छ ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन् भन्दै देशभित्र उनीहरूको श्रम, सीप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएकोमा रोष प्रकट गर्दै भन्नुभएको छ देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ’ ।

पूर्वराजा शाहले राहत, रोजगार र रोगको उपचार खोज्दै भौंतारिका जनसमूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुस गराउन नसकिएको, दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रासजस्ता विषयले जनजीवन पिरोलिएको पनिबताउनुभएको
छ ।

‘समाजमा अनेक आपराधिक गतिविधि र पिसाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन् ।

शाहले ‘नेपाललाई चिनौं, नेपालीलाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं’ भन्दै नेपालकै हितका खातिर र नेपाली शैली अंगालेर उज्यालो बाटोतिर लैजाऔं भनेर आग्रह गर्दै आएको बताएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.