जन सरोकार
सामुदायिक वनमा बम विस्फोट, दुईजना घाइते
सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक वनमा बम विस्फोट भएको छ । वीरेन्द्रनगर नगरपालिका ७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान भएको बम विस्फोटमा परी दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका ६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार समुदायका लागि खुला गरिएको समुदायिक वनमा बिहान पौने ११ बजे एक्कासी बेवारिसे बम बिस्फोट भएको र बम कस्ले राख्यो, कसरी बिस्पोट भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
उहाँका अनुसार घाइतेहरुको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको छ । घाइते मध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्