राजनीति

नयाँं पुस्तालाई अग्रजहरुको सङ्घर्षबारे जानकारी दिनुपर्छ : अध्यक्ष बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका सङ्घर्ष र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

अध्यक्ष बिजुक्छेँ

नेपाल कर्मचारी समाज इञ्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय समसामयिक राजनीतिक विषयमा शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुरको विकासलाई बुझ्न भक्तपुरको विगतबारे जानकारी लिन आवश्यक रहेको बताउनुभयो ।

भक्तपुरमा किसानको बाहुल्यता रहेकाले यहाँको विकास प्रक्रिया केही ढिलो भए पनि उल्लेखनीय प्रगति भएको उहाँले बताउनुभयो ।

भक्तपुरका जनता राजनीतिक रूपमा सचेत रहेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले अहिलेको पुस्ताले विगतका सङ्घर्ष प्रत्यक्ष रूपमा नदेखेकाले समाज रूपान्तरणका लागि अग्रज पुस्ताले गरेका विभिन्न आन्दोलन र सङ्घर्षका गतिविधिबारे नयाँ पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । विगतका सङ्घर्ष, अनुभव र योगदानलाई स्मरण गर्दै त्यसबाट नयाँ पुस्ताले सिक्नुपर्ने उहाँको भनाइ थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप सर्कलअन्तर्गतका कलेज स्थापना गर्न यहाँका अग्रजले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहेको बताउनुभयो ।

ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले इञ्जिनियरिङ शिक्षाको क्षेत्रमा ख्वप इञ्जिनियरिङ कलेजलाई उत्कृष्ट कलेज बनाउने दिशामा अघि बढिरहेको बताउनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.