क्रिकेटखेल

एनपिएलमा चितवनद्वारा जनकपुर चार विकेटले पराजित

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन बनायो । जनकपुरका लागि कप्तान हरमित सिंहले २५ रन बनाए भने विशाल सुस्लिङले १५ तथा सन्तोष कार्की र राहुल यादवले समान १०-१० रन बनाउनु बैक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ चितवनका लागि रञ्जित कुमारले तीन विकेट लिए भने, कप्तान सिकन्दर रजा र कामिल मिसराले समानदुई-दुई विकेट लिँदा रिजन ढकाल र कमल सिंह ऐरीको भागमा समान एक-एक विकेट रह्यो । जनकपुरले दिएको ८९ रनको लक्ष्य लिएर मैदन उत्रेको चितवनले १७ दशमलव २ ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो ।

चितवनका लागि डेविड मलानले अविजित ३५ रन बनाए भने कुशल मल्लले १५ रन जोडे । यस्तै रवि बोपाराले १३ र कामिल मिसाराले १२ रन बनाए । बलिङतर्फ जनकपुर बोल्ट्सका लागि राहुल यादवले तीन विकेट लिए भने ललितनारायण राजवंशीले दुई विकेट लिँदा विशाल सुस्लिङको भागमा एक विकेट रह्यो ।

जितसंगै चितवन छ खेमा तीनमा जित, दुई खेलमा पराजय र एक खेलमा वर्षाका कारण अङ्क बाँड्दै अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ भने सात खेलमा चार अंक जोडेको जनकपुर प्रतियोगिताबाट बाहिरिएको छ । चितवनलले जित हासिल गर्दा जनकपुरसँगै कर्णाली याक्स पनि प्लेअफ पुग्न असफल हुँदै बाहिरिएको छ । यसअघि शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई ७ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.