खेलफूटबल

कतार बन्यो विश्वकपको उद्घाटनमा हार खेप्ने पहिलो देश

कतारमा सुरु भएको विश्वकप फुटबलको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई पराजित गरी सुखद् सुरुवात गरेको छ । यो हारसंगै कतार विश्वकपको उद्घाटन खेलमा हार खेप्ने पहिलो देश समेत बनेको छ ।

कतारको अल बायट स्टेडिय ममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २(० गोलले हरायो ।

इक्वेडरको जितमा दुवै गोल कप्तान इनर भ्यालेन्सियाले गर्नुभयो । इक्वेडरले पहिलो हाफमै दुई गोल गरेको हो । भ्यालेन्सियाले १६औं मिनेटमा पेनाल्टीमार्फत गोलको खाता खोल्नुभएको थियो ।

कतारका गोलरक्षक साद अलसिबले डिबक्सभित्र भ्यालेन्सियालाई लडाएपछि इक्वेडरले पेनाल्टीको अवसर पाएको थियो । यसअघि खेलको तेस्रो मिनेटमै भ्यालेन्सियाको हेड गोललाई रेफ्रीले भिएआरको सहायतामा मान्यता दिएनन् ।

३१अ‍ौं मिनेटमा भ्यालेन्सियाले अग्रता दोब्बर बनायो । भ्यालेन्सियाले एन्जेलो प्रेसियाडोको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । कतारले पहिलो हाफको इन्जुरी समयमा गोलको राम्रो मौका गुमाएको थियो ।

अल्मोएज अलीको हेड प्रहार पोस्टबाहिर परेको थियो । दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा इक्वेडर विजयी भयो । घरेलु मैदानमा उद्घाटन खेल जत्ने कतारको सपना साकार हुन सकेन ।

पहिलो हारले कतारको समूह चरण पार गर्ने लक्ष्यलाई समेत कठिन बनाएको छ । समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् । कतारले अब दोस्रो खेल मंसिर ९ गते सेनेगलसँग खेल्नेछ । इक्वेडरले ९ गते नै नेदरल्यान्ड्सको सामना गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.