खेलफूटबल

सर्विया र क्यामरुनले बराबरी खेल्दै अंक बाँडे

कतारमा जारी फिफा विश्वकपमा समूहको आफ्नो पहिलो खेल गुमाएका सर्विया र क्यामरुनले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अल जानोव रंगशालामा २९औं मिनेटमा जिन क्यास्टेलेट्टोले गोल गरेपछि क्यामरुनले अग्रता बनाएको थियो । तर, पहिलो हाफको इन्जूरी समयमा दुई मिनेटको अन्तरमा दुई गोल गरी सर्विया खेलमा फर्कियो ।

इन्जूरी समयको पहिलो मिनेटमा दुसान ट्याडिकको पासमा स्टारिन्जा पाब्लोभिचले बराबरी गोल गरे । त्यसको दुई मिनेटपछि मिलान्कोभिच सेभिचले अर्को गोल गर्दा सर्वियाले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

दोस्रो हाफमा खेलमा थप तीन गोल सम्भव भयो । ५३औैं मिनेटमा अलेक्जान्दर मित्रोभिचले गोल गर्दा सर्वियाले ३–१ को अग्रता बढायो ।

तर, तीन मिनेटको अन्तरमा दुई गोल फर्काउँदै क्यामरुनले ६६औं मिनेटमा खेल बराबरीमा ल्यायो । ६३औं मिनेटमा भिन्सेन्ट अबुवाकर र ६६औं मिनेटमा चुपो मोटिङले गोल गरेका हुन् ।

यो बराबरीसँगै दुवै टिमले समूहमा अंकको खाता खोलेका छन् । तर, दुई खेलमा १ अंक जोडेका यी टिमका लागि नकआउट चरणको यात्रा निकै कठिन हुनसक्छ ।

क्यामरुन र सर्वियाले अर्को चरणमा पुग्नका लागि समूहको आफ्नो अन्तिम खेल जितेरमात्र पुग्दैन अन्य टिमको नतिजा पनि आफू अनुकुल आउने कामना गर्नुपर्नेछ । पहिलो खेल जितेका दुई टिम ब्राजिल र स्वीट्जरल्याण्डले आजै राती खेल्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.