जन सरोकार

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट चार जना फेला परेका छन् । काठमाडौं, काठमाडौं महानगरपालिका-२१ जैसीदेबलस्थित जैसीदेबल मन्दिर पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै नुवाकोट, बिदुर नगरपालिका-९ रामथोक बस्ने ७० वर्षीया पुतली विक आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस्तै पाल्पा, तिनाउ गाउँपालिका-३ तल्लो सिद्धबाबा मन्दिर नजिक नालीमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यता हुम्ला, सर्केगाड गाउँपालिका-३ उनापानी बस्ने ५५ वर्षीय अंग फडेरा सोही ठाउँस्थित घट्टेखोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । गत शनिबार दिउँसो सायाँ सर्केगाड स्वास्थ्य केन्द्रमा जान्छु भनि हिँडेका उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.