जापान

कास्की-पोखरा समाज जापानको नयाँ कार्यसमिति चयन

कास्की पोखरा समाज जापानले नयाँ कार्यसमिति चयन गरेको छ । हालै सम्पन्नन समाजको चौथो अधिवेशनले बिश्व प्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा सन्देश अधिकारीलाई निर्वाचिन गरेको छ ।

त्यसै गरी उपाध्यक्षहरुमा खड़ग सिं गुरुङ, सुरेश लामिछाने, कमल बाँस्तोला, महिला उपाध्यक्ष अन्जु भण्डारी रहनुभएको छ भने महासचिवमा बिष्णु भण्डारी, सचिवमा राजु पौडेल, कोषाध्यक्ष कृष्ण तिमिल्सिना र सह कोषाध्यक्षमा मनोज तिवारी निर्वाचित हुनुभएको छ ।

महाधिवेशनले पिताम्बर गौतम, रमेश दाहाल, जीवन गुरुङ, राम लामिछाने, पवित्र पुन, भुपेन्द्र पराजुली, स्वस्ती क्षेत्री, धुब्र राज भट्टराई, कुमाल सापकोटा, गणेश न्यौपाने, प्रदिप सापकोटा, नेत्रपाणि पौडेल, प्रविण थापा, नगेन्द्र भन्डारीलाई सदस्यमा निर्वाचित गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.